IME Life New

रियल स्टेट कर्जाः वाणिज्य बैंकहरुबाट सवा २ खर्ब प्रवाह, ५ बैंकको हिस्सा आधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुबाट गत आर्थिक वर्ष २०८०।८१ मा सवा २ खर्ब रुपैयाँ घरजग्गा (रियल स्टेट) कर्जा गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले समीक्षा वर्षमा २ खर्ब २४ अर्ब ६५ करोड ५८ लाख रुपैयाँ रियल स्टेट कर्जा प्रवाह गरेका हुन्।

सबैभन्दा बढी रियल स्टेट कर्जा प्रवाह गर्नेमा एनआईसी एसिया बैंक रहेको छ। यो बैंकले मात्रै २८ अर्ब ६० करोड २८ लाख रुपैयाँ रियल स्टेट कर्जा प्रवाह गरेको छ। वाणिज्य बैंकहरुको कुल रियल स्टेट कर्जाको यो १२.७३ प्रतिशत हिस्सा हो।

Esewa
Crest

यसैगरी दोस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकबाट २४ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ रियल स्टेट कर्जा गएको छ। जुन कुल कर्जाको १०.९७ प्रतिशत हो।

तेस्रोमा नबिल बैंक रहेको छ। नबिलबाट २३ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ रियल स्टेट कर्जा गएको देखिन्छ। यो कुल कर्जाको १०.४९ प्रतिशत हो।

प्राइम बैंक चौथो स्थानमा रहेको छ। प्राइम बैंकबाट १८ अर्ब ५७ करोड १६ लाख रुपैयाँ रियल स्टेट कर्जा भएको छ। जुन कुल कर्जाको ८.२७ प्रतिशत हो।

पाँचौँमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकबाट १५ अर्ब ८४ करोड ९० लाख रुपैयाँ रियल स्टेट कर्जा गएको छ। जुन कुल कर्जाको ७.०५ प्रतिशत हो।

वाणिज्य बैंकहरुबाट प्रवाह भएको कुल रियल स्टेट कर्जामा ५ वटा बैंकको हिस्सा करिब ५० प्रतिशत रहेको छ भने बाँकी ५० प्रतिशत १५ वटा बैंकबाट प्रवाह भएको देखिन्छ।

समीक्षा वर्षमा सबैभन्दा कम रियल स्टेट कर्जा प्रवाह गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ। यो बैंकबाट १ अर्ब ५५ कोड ६३ लाख रुपैयाँमात्रै रियल स्टेट कर्जा भएको देखिन्छ। जुन कुल कर्जाको ०.६९ प्रतिशतमात्रै हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS