IME Life New

एक वर्षमा वाणिज्य बैंकहरुबाट रु. ७०.३४ अर्ब शेयर लोन प्रवाह, कुनबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०८०।८१ मा वाणिज्य बैंकहरुबाट सवा ७० अर्ब रुपैयाँ बढी शेयर धितो कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमधये १९ वटाबाट गत आर्थिक वर्षमा ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको हो। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने शेयर लोन दिएको छैन।

Esewa
Crest

समीक्षा वर्षमा सबैभन्दा बढी शेयर लोन दिनेमा नबिल बैंक रहेको छ। नबिलले गत आर्थिक वर्षमा ११ अर्ब ४२ करोड ७८ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ।

यसैगरी धेरै शेयर लोन प्रवाह गर्ने दोस्रो बैंकमा ग्लोबल आइएमई रहेको छ। यो बैंकले ७ अर्ब ५१ करोड ७३ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ।

नेपाल बैंक तेस्रो स्थानमा रहेको छ। यो बैंकले समीक्षा वर्षमा ६ अर्ब ७८ करोड ८ लाख रुपैयाँ शेयर लोन दिएको छ।

चौथोमा सिद्धार्थ बैंक रहेको छ। सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ शेयर लोन दिएको छ।

सिटिजन्स बैंकले पाँचौँ सर्वाधिक शेयर लोन दिने बैंक रहेको छ। यो बैंकले ४ अर्ब ८० करोड ७० लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ।

कुन बैंकबाट कति गयो शेयर लोन ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS