IME Life New

कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई वर्षदिनमा बाँड्यो ५१ करोड रूपैयाँ राहत रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले एक वर्षको अवधिमा सञ्चयकर्ता कल्याण कार्यक्रम अन्तर्गत सञ्चयकर्ता र आश्रित परिवारलाई एक वर्षको अवधिमा ५१ करोड ४३ लाख ४९ हजार रूपैयाँ वितरण गरेको छ। कोषबाट गत आर्थिक वर्ष(आव) २०८०।८१ मा कुल २५ हजार ३६९ सञ्चयकर्ता र तिनको आश्रित परिवारजनले राहत रकम पाएका छन्।

अघिल्लो आव २०७९।८० को तुलनामा कोषबाट राहत रकम प्राप्त गर्ने सञ्चयकर्ताको संख्या बढ्दा राहतवापत वितरित रकम ३७.४८ प्रतिशतले बढेको छ। कोषका अनुसार अघिल्लो आवमा २२ हजार ४९५ सञ्चयकर्तालाई ३७ करोड ४१ लाख रूपैयाँ वितरण गरिएको थियो ।

Esewa
Crest

स्वास्थ्य उपचारका लागि सर्वाधिक रकम सहयोगः

कोषका अनुसार सर्वाधिक रकम सञ्चयकर्ताले स्वास्थ्य उपचार योजना अन्तर्गत भुक्तानी लिएका छन् । गत आव २०८०।८१ मा कोषबाट उपचार खर्चवापत ३४ करोड ६५ लाख रूपैयाँ उपचार खर्चवापत कोषले सञ्चयकर्ता र आश्रित परिवारजनलाई उपलब्ध गराएको छ। कोषका अनुसार गत आर्थिक वर्षमा जम्मा ५ हजार ७३६ जना सञ्चयकर्ताले उपचार खर्च दाबी गरेका थिए । अघिल्लो आवमा ६ हजार २७६ सञ्चयकर्ताले स्वास्थ्य उपचार खर्चवापत १७ करोड २४ लाख रूपैयाँ क्षतिपूर्ती पाएका थिए । यो मध्ये घातक रोग उपचारका लागि ५४० सञ्चयकर्तालाई ९ करोड ६५९ लाख रूपैयाँ वितरण गरेको थियो।

कोषले सञ्चयकर्तालाई घातक रोगको उपचारका लागि १० लाख रूपैयाँ र दम्पत्तीको उपचारका लागि वार्षिक अधिकत्तम १ लाख रूपैयाँसम्म उपचार खर्च उपलब्ध गराउँदै आएको छ। कोषमा न्यूनत्तम १० हजार रूपैयाँभन्दा माथिको उपचार खर्च मात्र दाबी गर्न पाइन्छ। उपचार खर्च दाबीका लागि उपचार सम्बन्धि कागजपत्रको साथै सक्कली बिल बिजक सहित कोषले दिएको उपचार खर्च दाबी फारम भरेर निवेदन दर्ता गराउनुपर्छ। यस्तो खर्च उपचार सकिएको वा अस्पतालबाट घर फर्किएको दुई महिनाभित्र दाबी गरिसक्नुपर्छ।

सुत्केरी स्याहारका लागि १४ करोड ६४ लाखः

सुत्केरी तथा नवजात शिशु स्याहार कार्यक्रम अन्तर्गत कोषबाट सञ्चयकर्ताले १४ करोड ६४ लाख ४५ हजार रूपैयाँ भुक्तानी लिएका छन् । कोषबाट गत आवमा १९ हजार ५ सय २६ जना सञ्चयकर्ताले सुत्केरी स्याहार सहयोग रकम भुक्तानी लिएका थिए । अघिल्लो वमा सुत्केरी तथा शिशु स्याहार कार्यक्रम अन्तर्गत १९ हजार ८७ सुत्केरीलाई १४ करोड ३१ लाख ५२ हजार रूपैयाँ वितरण गरेको थियो।

कोषले प्रत्येक सञ्चयकर्तालाई बढीमा दुई सन्तानको जन्ममा सुत्केरी तथा नवजात शिशु स्याहारका लागि प्रति शिशु १५ हजार रूपैयाँ सहयोग रकम उपलब्ध गराउँदै आएको छ। यस्तो रकम दाबी गर्नका लागि अस्पतालको पूर्जा र शिशु जन्मेको प्रमाण सहित कोषको कार्यालयमा निवेदन दर्ता गर्नुपर्छ।

वर्षदिनमा १०७ जना सञ्चयकर्ताको दुर्घटना मृत्युः

गत आवमा कोषका सञ्चयकर्तामध्ये १०७ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । दुर्घटनामा परेर ज्यान गुमाउनेमध्ये अधिकांश सुरक्षाकर्मी रहेका छन् । कोषले ती मृतकको आश्रित परिवारजनलाई प्रति परिवार २ लाख रूपैयाँ राहत स्वरूप उपलब्ध गराउँदा गत आवमा २ करोड १४ लाख रूपैयाँ वितरण गरिएको छ । अघिल्लो आवमा कोषले यो शिर्षकमा १६४ परिवारलाई ३ करोड २८ लाख रूपैयाँ राहत रकम उपलब्ध गराएको थियो ।

यसैगरी ७०६ मृतक सञ्चयकर्ताको परिवारजनले काजकिरिया खर्चवापत कोषबाट कुल २ करोड ४२ लाख ३० हजार रूपैयाँ राहत रकम पाएका छन् । अघिल्लो आवमा काज किरिया अनुदानवापत ७९० जना सञ्चयकर्ताको परिवारला ३ करोड १५ लाख ५० हजार रूपैयाँ राहत रकम दिएको थियो । कोषले मृतक सञ्चयकर्ताको परिवारजनलाई काज किरियाखर्चवापत प्रति परिवार ४० हजार रूपैयाँ उपलब्ध गराउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS