IME Life New

राष्ट्र बैंकद्वारा यी ५ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज, अब हिसाब मिलान कसरी गर्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौंमा रहेका ५ वटा रेमिट्यान्स कम्पनीको लाइसेन्स स्वतः खारेज भएको जनाएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै ती कम्पनीको लाइसेन्स विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित)को विनियम १३ को उपविनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उपविनियम (११)को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज भएको जानकारी गराएको हो। लाइसेन्स खारेज भएका रेमिट्यान्स कम्पनीहरुमा काठमाडौंको लाजिम्पाटस्थित राम्रो रेमिट, गौशालाको ग्लोबल माउन्टेन रेमिट, दरबारमार्गको संसार रेमिट, न्युरोडको ललित मनी ट्रान्सफर र अनामनगरको माक्स मनी ट्रान्सफर छन्।

Esewa
Crest

यी रेमिट्यान्स कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकारी दिन सूचनामा आह्वान गरिएको छ। तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा बैंक जमानतसमेत फुकुवा भई जाने सूचनामा उल्लेख छ।

स्वतः खारेज भइजाने रेमिट्यान्स कम्पनीहरुसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकममात्र राष्ट्र बैंकले हिसाब मिलान गरिदिने सूचनामा प्रस्ट पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS