IME Life New

नयाँ सरकार गठनको छोटो समयमै शेयर बजार उत्साहित भएको छः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार गठनको छोटो समयमै शेयर बजार उत्साहित भएको दाबी गरेका छन्।

नेपाल उद्योग तथा व्यवसायी महासंघले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले यस्तो दाबी गरेका हुन्। ‘सरकार गठनको १ महिना भयो होला, पुँजीबजार उत्साहित भएको छ’, उनले भने, ‘घरजग्गा कारोबार सुधार देखिएको छ।’

Esewa
Crest

मन्त्री पौडेलले सरकार गठनको यो छोटो अवधि अर्थतन्त्रमा सकारात्मक संकेत मिलेको पनि बताए। ‘राजस्व परिचालन सकारात्मक संकेत देखिएका छन्। राजस्व २० प्रतिशतले वृद्धि भएको छ’, उनले भने, ‘पुँजीगत खर्च ९ गुणाले बढेको छ।’

मन्त्री पौडेले एमाले र कांग्रेसको सहयात्रा आउँदो निर्वाचनसम्म जाने उल्लेख गरे। ‘यो सरकारले राजनीतिक र नीतिगत स्थिरता कायम गर्छ। आर्थिक समस्या समाधान हुन्छ’, उनले भने, ‘देश बुझेको र देशको भविष्य बुझेको व्यक्तिले सरकारको नेतृत्व गरेका छन्। बलियो सरकार, स्थिरत नीति र समक्ष नेतृत्व छ, यी ३ कुराले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।’

वर्तमान सरकारले सबै प्रकारका निराश अन्त्य गर्ने मन्त्री पौडेलको भनाइ थियो। ‘सबैमा आशा र विश्वास जगाउने सरकारको प्राथमिकता छ’, उनले भने, ‘निजी क्षेत्रमा निराश र चिन्ता छ, त्यसलाई पनि चिर्न चाहन्छौँ । हाम्रा समस्या समाधान हुन्छन्। निजी क्षेत्र गतिशील ढंगले अगाडि बढ्छन्।’

मौद्रिक नीतिले लिएको सकारात्मक व्यवस्थाको प्रभाव अर्थतन्त्रमा परिरहेको मन्त्री पौडेलले बताए। ‘यसले यो सरकारले प्रतिकूल परिसूचक अनुकूल परिसूचकमा बदल्न सक्छ भन्ने संकेत गरेका छौँ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS