IME Life New

मानुषी लघुवित्तको ७ लाख बढी कित्ता शेयरको लकइन आजबाट सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको ७ लाख बढी कित्ता शेयरको आज भदौ ७ गतेदेखि लकइन अवधि सकिँदैछ । हाल संस्थाका संस्थापक शेयरधनीको ७ लाख कित्ता र कर्मचारीको ५ हजार ४६९ कित्ता गरी कुल ७ लाख ५ हजार ४६९ कित्ता शेयरको लकइनमा राखिएको थियो ।

मानुषी लघुवित्तले २०७८ साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारण (कर्मचारीसहित) लाई आइपीओ बिक्री गरेको थियो। आइपीओ २०७८ भदौ ७ गते बाँडफाँट गरिएको थियो।

Esewa
Crest

सर्वसाधारणका लागि निष्कासन गरी बाँडफाँड गरिएको मितिले ३ वर्ष समाप्त नभएसम्म संस्थापक शेयरधनीले धारण गरेको र कर्मचारीलाई बाँडफाँट गरिएको शेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ। सोहीबमोजिम मानुषी लघुवित्तले पनि उक्त शेयर लकइनमा राखेको थियो ।

संस्थाको संस्थापक शेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा संस्थाको उच्च तहमा रहेका कर्मचारीले भने शेयर खरिदबिक्री गर्न नपाउने संस्थाले स्पष्ट पारेको छ।

मानुषी लघुवित्तको शेयर रजिस्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS