IME Life New

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु निर्जीवन बीमक प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले प्रस्तावित प्राथमिक शेयर निष्काशन प्रयोजनका लागि इस्युअर रेटिङ पाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालबाट यो लघु बीमकले डब्बल बी रेटिङ पाएको हो।

एजेन्सीका अनुसार यस्तो रेटिङ प्राप्त गर्ने बीमकले समयमै वित्तीय दायीत्वहरू पुरा गर्ने सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको हुन्छ। इक्रा नेपालले संस्थापक शेयरधनीहरूको बलियो वित्तीय पृष्ठभूमी, पर्याप्त शाखा सञ्जाल र बढ्दो कारोबारले रेटिङमा सघाएको उल्लेख गरेको छ।

Esewa
Crest

शंकर समूह लगायतका व्यापारिक समूहले प्रवर्द्धन गरेको पुनर्बीमक हिमालयन रिइन्स्योरेन्स कम्पनी ( HRL) को २१ प्रतिशत स्वामित्व छ। हिमालयन रिसँग अाबद्ध संस्थागत र व्यक्तिगत लगानीकर्ताको समेत प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा लगानी रहेको इक्राले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

यो बीमा कम्पनीले महाविपत्ती पुनर्बीमाको व्यवस्था नगरेकोमा रेटिङ एजेन्सीले चासो व्यक्त गरेको छ। हालको व्यापारको आकारको तुलनामा पर्याप्त पूँजीकरण र न्यून खुद जोखिम बहनको सीमाका कारण चिन्ताजनक अवस्था नरहेको देखिएको छ। कुल बीमाशुल्क आम्दानीको जम्मा १९ प्रतिशत खुद धारण रहेको छ।

आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्ममा यसको लगानी ५० करोड २० लाख रूपैयाँ रहेको छ। यो मध्ये अधिकांश रकम क र ख वर्गको वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गरिएको छ। यसको अाैसत प्रतिफल दर ९ प्रतिशत रहेको थियो ।

लगानी प्रतिफलमा नाफा, जोखिमाङ्कनमा घाटाः

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लगातार दुई वर्षदेखि अण्डरराइटिङ(जोखिमाङ्कन) घाटामा छ। यो भनेको बीमा कारोबारबाट प्राप्त भएको बीमाशुल्क आम्दानीभन्दा दाबी भुक्तानी लगायतको खर्च अधिक छ। अघिल्लो आव २०७९।८० मा जोखिमाङ्कन घाटा ८.९ प्रतिशत रहेकोमा गत आव २०८०।८१ मा ह्वात्तै बढेर ४१ प्रतिशतमा उक्लिएको छ।

अघिल्लो आवमा ४२ लाख ९० हजार रूपैयाँ नाफा कमाएको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत आवमा जम्मा २३ लाख ८० हजार रूपैयाँ नाफा कमाएको छ।

को को छन् यसको मुख्य शेयरधनीः

गत असार मसान्तसम्मको विवरण अनुसार कुल ५२ करोड ५० लाख रूपैयाँ चुक्ता पूँजी रहेको यो लघु निर्जीवन बीमा कम्पनीमा हिमालयन रिइन्स्योरेको २१.४३ प्रतिशत शेयर स्वामित्व छ। दोश्रो ठूलो लगानी मेट्रो क्यापिटल प्रालि १५.३८ प्रतिशत, कुमुद दुगडको ६.७६ प्रतिशत, केआरएस इन्भेष्टेमेण्ट प्रालिको ६.६७ प्रतिशत, श्रद्धा अग्रवालको ४.५२ प्रतिशत, संगिता देवी मोरको ३.९७ प्रतिशत र अनुपम राठीको ३.३३ प्रतिशत शेयर स्वामित्व छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS