IME Life

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो फेस्टिभ अफर अफ भेइकल लोन योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘फेस्टिभ अफर अफ भेइकल लोन’ योजना ल्याएको छ । बैंकले नजिकिंदै गरेको चाडपर्वलाई ध्यानमा राखेर यस योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा योजना ल्याएको हो । मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम १ करोड रुपैयाँसम्म कर्जा लगानी गर्ने बताइएको छ ।

कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने बैंकको भनाइ छ । गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडी (इभी) को हकमा बढिमा ८० प्रतिशत र पेट्रोलरडिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने जनाइएको छ ।

Prabhu
Crest

त्यस्तै, बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यस योजना भदौ १ गतेदेखि कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले बताएको छ । यो योजना अन्तर्गत कर्जा लिएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन हुने छैन ।

निवेदन दिएको ७ कार्य दिनभित्रमा निर्णय दिने छ । यो कर्जा सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिने पनि बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS