IME Life New

वायू सेवा कम्पनीले लगानी थप्दा बीमकको हवाई बीमाशुल्क आम्दानीमा उल्लेख्य वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपाली वायू सेवा क्षेत्रमा एकसाथ ९ वटा नयाँ विमान भित्र्याइए पछि निर्जीवन बीमकको हवाई बीमावापतको आम्दानी उल्लेख्यरूपमा बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा गत आर्थिक वर्ष २०८०।८१ मा निर्जीवन बीमकको हवाई बीमाशुल्कवापतको आम्दानी ३६ प्रतिशतले बढेको हो ।

गत आवमा घरेलु निर्जीवन बीमकले गत आवमा कुल २ अर्ब ६० करोड ७६ लाख ६५ हजार रूपैयाँ बीमाशुल्क हवाई बीमाशुल्क आम्दानी गरेका नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ। गण्डकी प्रदेशबाट हवाई बीमावापत कुल ३० लाख १५ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए । यसैगरी बागमती प्रदेशबाट सर्वाधिक २ अर्ब ६० करोड ४६ लाख ५० हजार रूपैयाँ संकलन गरेका छन् ।

Esewa
Crest

अघिल्लो आव २०७९।८० मा बीमालेख संख्या बढी भएपनि बीमाशुल्क आम्दानी भने थोरै थियो । प्राधिकरणका अनुसार अघिल्लो आवमा निर्जीवन बीमकले गण्डकी प्रदेशबाट २६ लाख ३७ हजार रूपैयाँ सहित कुल १ अर्ब ९२ करोड २ लाख ९१ हजार रूपैयाँ हवाई बीमाशुल्क आर्जन गरेका थिए ।

गत आवमा आन्तरिक वायू सेवामा यति एयर, बुद्ध एयर र श्री एयरलाइन्सले ७२ देखि ८० सिट क्षमताका कुल पाँचवटा ठूला जहाज थप्दा निर्जीवन बीमकको बीमाशुल्कवापतको आम्दानी भने बढेको छ।

नेपाली आकाशमा आन्तरिक हवाई उडान असुरक्षित हुँदै गर्दा उडान भर्ने जहाजको संख्या घटेको छ। पछिल्लो एक महिनाको अवधिमा हेलिकप्टर र जहाज सहित दुईवटा विमान दुर्घटना भई सकेको छ। यसबाहेक पुराना जहाजको उडानयोग्य अवधि समेत पुरा भएकाले पनि वायू सेवा कम्पनीले जहाजको बीमा नविकरण नगरेका हुन् ।

भन्सार विभागका अनुसार एक वर्षको अवधिमा नेपालमा पाँचवटा एटिआर वा सो सरहको क्षमता भएका जहाज र चारवटा हेलिकप्टर समेत कुल ९ अर्ब रूपैयाँ बराबरको विमान आयात गरिएका छन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा निर्जीवन बीमकले कुल १२७ वटा हवाई बीमालेख जारी गरेका थिए । तीमध्ये ४ वटा गण्डकी प्रदेश र बाँकी बागमती प्रदेशबाट जारी गरिएका हुन् । प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९।८० मा कुल १५३ वटा हवाई बीमालेख जारी गरिएका थिए । यो मध्ये गण्डकी प्रदेशमा मात्र ८ वटा हवाई बीमालेख जारी गरिएका थिए । यसमा हेलिकप्टर, ट्वीन अटर र मध्यमखाले हवाई जहाज समेत समावेश छन् ।

अधिकांश विमान कम्पनीको मुख्यालय काठमाडाैंमै रहेको र अधिकांश विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिने भएकाले पनि हवाई बीमाको व्यापार बागमती प्रदेश केन्द्रित रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS