IME Life New

अर्थतन्त्र सकारात्मक बनेको हो ? यी ८ सूचकबाट मूल्यांकन गर्नुहोस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको अर्थतन्त्र पछिल्लो समय सकारात्मक बन्दै गएको छ। महँगी घटेको छ भने रेमिट्यान्स भित्रिने क्रम बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकका अनुसार मुलुकको अर्थतन्त्रमा निकै सुधार आएको छ। आयात र निर्यात घटे पनि मुलुकको चालु खाता र शोधनान्तर स्थित बचतमा रहेको छ। विदेशी मुद्राको सञ्चिति पनि बढेको छ।

Esewa
Crest

यस्ता छन् अर्थतन्त्रका मुख्य ८ सूचक

  • वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ।
  • आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो।
  • विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ।
  • शोधनान्तर स्थिति रु. ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति रु. २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो।
  • कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ। उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
  • विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको छ।
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ।
  • २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.६४ खर्ब ५२ अर्बर निजी क्षेत्रमा प्रवाहित कर्जा रु.५० खर्ब ७४ अर्ब पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS