IME Life New

नेपाललाई लगानीका लागि उपयुक्त देश बनाउन सबैले मिलेर काम गर्न आवश्यकः ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई लगानीका लागि उपयुक्त देश बनाउन सबैले मिलेर काम गर्नुपर्ने बताएका छन्।

राजधानीमा आज आयोजित ‘विकासका लागि वित्त’ संवाद कार्यक्रममा अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। ‘सरकार, निजी क्षेत्र र विकास साझेदार सबै मिलेर काम गर्यौँ भने नेपाल लागनीका लागि उपयुक्त देश बन्न सक्छ’, उनले भने।

Esewa
Crest

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्दा समृद्ध नेपाल निर्माण गर्न सकिने बताए। ‘यस पहलमा नेपाल सरकार र संयुक्त राष्ट्र संघसँग सहकार्य गर्न पाउँदा एफएनसीसीआई छ’, उनले भने, ‘एफएनसीसीआई देशको सबैभन्दा ठूलो व्यापारिक सञ्जाल र समग्रमा नेपाल सरकार पछि दोस्रो ठूलो सञ्जाल हो।’

नेपालमा दिगो विकासलाई अगाडि बढाउन सरकार र संयुक्त राष्ट्र संघजस्ता विकास साझेदारसँग साझेदारी गर्नु आफूहरुको कर्तव्य रहेको ढकालले बताए। ‘हाम्रा सामूहिक प्रयासले हाम्रा सामु रहेका चुनौती र अवसरको सामना गर्न सक्छौँ भन्ने सुनिश्चित गर्न आवश्यक छ’, उनले भने, ‘हाम्रो सहकार्यलाई अगाडि बढाउने प्रमुख चासोमध्येको एउटा भनेको नेपालमा लगानीको अवस्था हो।’

अध्यक्ष ढकालले हाल प्रत्यक्ष विदेशी लगानी मुलुकको जीडीपीको ०.२ प्रतिशतमात्रै रहेको बताए। ‘राम्रो क्षमता भएको देशका लागि यो एकदमै न्यून संख्या हो’, उनले भने, ‘विदेशी अनुदान सहयोगको ठूलो स्रोत हुनसक्थ्यो, यस समयमा एकदमै सानो छ।’

यो अवस्थाले ऋणमा निर्भरता बढाएको पनि ढकालले बताए। ‘जुन विगत नौ वर्षमा दोब्बर भएको छ’, उनले भने, ‘ऋणमा बढ्दो निर्भरता दीर्घकालीन रुपमा दिगो हुँदैन र यसले हाम्रो आर्थिक स्थायित्वमा ठूलो जोखिम खडा गर्छ।’

यस सम्मेलनले दिगो विकासका लागि सामूहिक विचार र रणनीति प्रस्तुत गर्न विश्वव्यापी मञ्च प्रदान गर्ने ढकालले बताए। ‘हामी यी महत्त्वपूर्ण छलफलमा संलग्न हुँदा, हामी यहाँ नेपालमा लगानीमैत्री नीति वातावरण सिर्जना गर्न अथक प्रयास गरिरहेका छौँ’, उनले भने।

व्यवसाय फस्टाउन र राष्ट्रको विकासमा योगदान पुर्याउन सक्ने वातावरण सिर्जना गर्न सरकार र निजी क्षेत्रबीचको यस किसिमको संवाद महत्वपूर्ण रहेको ढकालले बताए। ‘स्वदेशमा हाम्रो प्रयासको अतिरिक्त हामी नेपालमा लगानी आकर्षित गर्न अन्य देशहरुमा पनि पुगिरहेका छौँ’, उनले भने, ‘गत वर्ष हामीले भारत, चीन र दुबईमा लगानी प्रवर्द्धन कार्यक्रम आयोजना गरेका थियौँ, जसलाई राम्रोसँग स्वागत गरिएको थियो। अर्को महिना हामी प्रधानमन्त्रीको भ्रमणका क्रममा थाइल्यान्डमा यस्तै कार्यक्रम गर्ने योजना गर्दैछौँ। यी पहल नेपाललाई लगानीका लागि अनुकूल गन्तव्यका रुपमा स्थापित गर्ने हाम्रो बृहत् रणनीतिको हिस्सा हुन्।’

अध्यक्ष ढकालले निजी क्षेत्रको अनुरोधमा सरकारले थप लगानीमैत्री वातावरण सिर्जना गर्न कानुनहरु परिमार्जन गरेको र द्विपक्षीय लगानी ढाँचा पारित गरेको बताए। ‘यी कानुनी परिवर्तन अगाडि बढ्ने सकारात्मक कदम हुन् र यसले आर्थिक वृद्धिलाई अघि बढाउन निजी क्षेत्रसँग काम गर्ने सरकारको इच्छालाई झल्काउँछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS