IME Life New

अध्यावधिक विवरण पेस गर्न सहकारीलाई काठमाडौं महानगरपालिकाको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालित सहकारी संस्थाहरुलाई आर्थिक वर्ष सम्पन्न भएको ३ महिनाभित्र अद्यावधिक विवरण पेस गर्न निर्देशन दिएको छ।

महानगरपालिकाले आइतबार सबै सहकारीका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। तोकिएका अध्यावधिक विवरण पेस गर्न महानगरपालिकाले निर्देशन दिएको छ।

Esewa
Crest

महानगरपालिकाभित्र सञ्चालित सहकारीले कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन, वार्षिक कार्यकम नीति तथा योजना, खुद बचतसम्बन्धी नीति तथा योजना, सञ्चालकको नाम तथा बाँकी कार्यावधिको सूची, साधारणसभाको बैठकसम्बन्धी जानकारी, शेयर सदस्य संख्या, शेयरपुँजी र कुल बचत तथा कर्जाको विवरण पेस गर्नुपर्नेछ।

यसैगरी सञ्चालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम र बचत फिर्ता माग गर्ने बचतकर्ताहरुको विवरण पनि पेस गर्न महानगरपालिकाले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS