IME Life New

रियल स्टेट लोन बढ्यो, आवासीय व्यक्तिगत घर कर्जाको माग बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै जाँदा घरजग्गाको कारोबार पनि बढ्न थालेको छ। बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जाको आँकडाले पनि घरजग्गाको कारोबार बढ्न थालेको प्रस्ट हुन्छ।

आर्थिक वर्ष २०८०।८१ मा घरजग्गा कर्जा ७.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २०७९।८० २ खर्ब ४९ अर्ब ४४ करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएकोमा समीक्षा वर्षमा २ खर्ब ६८ अर्ब १२ करोड रुपैयाँ प्रवाह भएको छ।

Esewa
Crest

समीक्षा वर्षमा व्यावसायिक कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा बैंक तथा वित्तीय संस्थाहरुले ३३ अर्ब २७ करोड रुपैयाँ कर्जा गरेका छन्। अघिल्लो वर्ष यस्तो कर्जा ३१ अर्ब २ करोड रुपैयाँ थियो। यो हिसाबले व्यावसायिक कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणका लागि प्रवाह हुने कर्जाको माग ७.२ प्रतिशतले बढेको छ।

यसैगरी समीक्षा वर्षमा जग्गा खरिद र प्लटिङमा बैंकहरुले १ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ८.२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँमा सीमित थियो।

बैंकहरुमा आवासीय व्यक्तिगत घर जग्गा कर्जाको माग बढी हुने गरेको देखिएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा यस्तो कर्जाको माग ११.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष बैंकहरुबाट ३ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ यस्तो कर्जा भएकोमा समीक्षा वर्षमा बढेर ३ खर्ब ८७ अर्ब १ करोड रुपैयाँ भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS