IME Life New

मुद्रास्फीति साढे ३%मा झर्यो, सबैभन्दा बढी महँगी हिमाली क्षेत्रमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकमा मुद्रास्फीति साढे ३ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक परिदृश्य प्रतिवेदनले यस्तो देखाएको हो।

प्रतिवेदनअनुसार २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको छ। २०८० असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो।

Esewa
Crest

आर्थिक वर्ष २०८०।८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो।

समीक्षा वर्षमा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.९९ प्रतिशत, तराईको ४.८२ प्रतिशत, पहाडको ५.७८ प्रतिशत र हिमालको ६.८६ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.५५ प्रतिशत, ८.०० प्रतिशत, ७.५६ प्रतिशत र ७.१२ प्रतिशत रहेको थियो।

२०८१ असार महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९२ प्रतिशत, तराईको ३.२१ प्रतिशत, पहाडको ३.७७ प्रतिशत र हिमालको ३.७१ प्रतिशत मुद्रास्फीति रहेको छ। २०८० असार महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.७० प्रतिशत, ७.४८ प्रतिशत, ६.९८ प्रतिशत र ८.१९ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS