IME Life New

विकास बैंकहरुले बढाए चुक्तापुँजी, कुनको कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विकास बैंकहरुले १ वर्षमा करिब १ अर्ब रुपैयाँले चुक्तापुँजी बढाएका छन्।

आर्थिक वर्ष २०८०।८१ सम्ममा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुको चुक्तापुँजी ४२ अर्ब १७ करोड १० लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा १ अर्ब ९८ करोड ९० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरुको कुल चुक्तापुँजी ४० अर्ब १८ करोड २० लाख रुपैयाँ थियो ।

Esewa
Crest

यस्तै आर्थिक वर्ष २०७८।७९ मा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुको कुल चुक्तापुँजी ३६ अर्ब ९९ करोड ४० लाख रुपैयाँ थियो । यसरी हेर्दा विकास बैंकहरुले क्रमशः चुक्तापुँजी बढाउँदै लगेको देखिन्छ।

नेपाल राष्ट्र बैंकले केही वर्ष अघिदेखि विकास बैंकहरुको चुक्तापुँजी बढाउने नीति लिएको थियो। जसअनुसार पुँजी बढाउन नसक्नेहरुलाई मर्जरमा जानका लागिसमेत प्रोत्साहन गरिएको थियो। सोही कारण बैंकहरुले क्रमशः चुक्तापुँजी बढाउँदै लगेका हुन्।

सबैभन्दा बढी चुक्तापुँजी मुक्तिनाथ विकास बैंकको छ । बैंकले २०८१ असार मसान्तसम्म ७ अर्ब ४ करोड ४९ लाख ३८ हजार रुपैयाँ चुक्तापुँजी कायम गरेको छ ।

गरिमा विकास बैंकले ५ अर्ब ६८ करोड पाँच लाख १७ हजार रुपैयाँ चुक्तापुँजी कायम गरेको छ । चुक्तापुँजी धेरै हुने विकास बैंकहरुमध्ये दोस्रो स्थानमा यो बैंक रहेको छ ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार रुपैयाँ चुक्तापुँजी कायम गरेको छ ।

ज्योति विकास बैंकले ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ चुक्तापुँजी कायम गर्दा महालक्ष्मी विकास बैंकले ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ चुक्तापुँजी पु¥याएको छ ।

लुम्बिनी विकास बैंकले ३ अर्ब ५१ करोड ८१ लाख ३४ हजार रुपैयाँ पुर्याउँदा सांग्रिला डेभलपमेन्ट बैंकले ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार रुपैयाँ चुक्तापुँजी पुर्याएको छ।

यस्तै कामना सेवा विकास बैंकले ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ चुक्तापुँजी पुर्याउँदा मितेरी डेभलपमेन्ट बैंकले १ अर्ब १ करोड ५० लाख १ हजार रुपैयाँ चुक्तापुँजी कायम गरेको छ ।

यस्तै क्षेत्रीयस्तरको सप्तकोशी विकास बैंकको चुक्तापुँजी ८३ करोड ४३ लाख रुपैयाँ पुग्दा सिन्धु विकास बैंकको ५५ करोड ७४ लाख रुपैयाँ पुगेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ पुग्दा ग्रीन डेभलपमेन्ट बैंकको ५१ करोड १९ लाख, कर्णाली विकास बैंकको ५० करोड २८ लाख र साल्पा डेभलपमेन्ट बैंकको ३५ करोड रुपैयाँ चुक्तापुँजी पुगेको छ।

यस्तै नारायणी विकास बैंकको चुक्तापुँजी २६ करोड २४ लाख रुपैयाँ पुग्दा एक्सेल डेभलपमेन्ट बैंकको चुक्तापुँजी १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS