IME Life

सनराइज सेक्युरिटिजको औपचारिक शेयर कारोबार शुभारम्भ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन शुरुवात गरेको छ । आज एक समारोहका बीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरे ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिंदै उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरे । उनले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रुपमा सनराइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस भनी कामना गरे ।

Prabhu
Crest

सोही कार्यक्रमका बिशेष अतिथि लक्ष्मी सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सनराइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे ।

साथै सनराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले कारोबार शुभारम्भ कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरिय रुपमा एकै ठाँउबाट सरल र सहज रुपमा प्रदान गर्न सकिने जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS