IME Life New

नेको इन्सुरेन्सः नाफा साढे ६८ करोड माथि, कुल बीमाशुल्क ३ अर्ब नजिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्सुरेन्सले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा ६८ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमाससम्ममा कम्पनीले ७० करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा २.७४ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

शेयर पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ९ करोड ७८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५६ करोड ७८ लाख रुपैयाँ र महाविपत्ति कोषमा १४ करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष स्पेसल रिजर्भमा १ अर्ब ७५ करोड ४९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २७ करोड ६१ लाख रुपैयाँ र महाविपत्ति कोषमा ११ करोड १३ लाख रुपैयाँ थियो। अन्य इक्विटीमा भने ४९ करोड ९४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा २५ करोड ५० लाख रुपैयाँ थियो।

२०८१ असार मसान्तसम्ममा कम्पनीले २ अर्ब ९५ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले ३ अर्ब ३ करोड ३३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २.६० प्रतिशतले घटेको छ।

समीक्षा वर्षमा कम्पनीले १ अर्ब ६६ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ७.३१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ७९ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३४.०७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष वार्षिक ईपीएस ३५.०३ रुपैयाँ थियो। पीई रेसियो २४.५३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २७२.८१ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS