IME Life

लघु निर्जीवन बीमकले गरे करिब ३ अर्ब लगानी, कुन क्षेत्रमा कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष २०८० /८१ को चौथो त्रैमाससम्ममा लघु निर्जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कुल साढे २ अर्ब बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिरणको तथ्याङक अनुसार लघु निर्जीवन बीमा कम्पनीहरु नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स,स्टार माइक्रो इन्स्योरेन्स र गार्डियन ट्रष्ट माइक्रो इन्स्योरेन्सले विभिन्न क्षेत्रमा कुल २ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका हुन् ।

जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले कुल ४८ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ५० करोड २० लाख रुपैयाँ लगानी गरेको छ । स्टार माइक्रो इन्स्योरेन्सले ५३ करोड ५५ लाख रुपैयाँ र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ४८ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल इन्स्योरेन्सले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा ४५ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सल ४८ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । स्टार माइक्रो इन्स्योरेन्सले ४९ करोड ८० लाख रुपैयाँ र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ४८ करोड गरी कुल १ अर्ब ९१ करोड ४५ लाख रुपैयाँ लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा नेपाल माइक्रोले २ करोड १० लाख, प्रोटेक्टिभले १ करोड ७० लाख, स्टार माइक्रो इन्स्योरेन्सले ३ करोड ५ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ५० लाख रुपैयाँ लगानी गरेको छ ।

यता, नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजातपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा नेपाल इन्स्योरेन्सले ६० लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २० लाख, स्टार माइक्रो इन्स्योरेन्सले ६० लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ३५ लाख रुपैयाँ गरी कुल १ करोड ७५ लाख रुपैयाँ लगानी गरेका छन् ।

त्यसैगरी नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा नेपाल माइक्रो इन्स्योरेन्सले मात्रै लगानी गरेको छ । कम्पनीले यस क्षेत्रमा ३० लाख ८८ हजार रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै। नागरिक लगानी कोष र म्युचुअल फण्डमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले मात्रै लगानी गरेको छ । जसमा कम्पनीले १० लाख रुपैयाँ लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS