GBIME
IME Life

१३ सूचकमा एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई दाँजेर हेर्दा ! (इन्फोग्राफिकसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययनः

SKYWELL
Crest

चुक्तापुँजी: एभरेष्ट बैंकको चुक्तापुँजी ११ अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको चुक्तापुँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।

रिटेन्ड अर्निङः एभरेष्ट बैंकको रिटेन्ड अर्निङमा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ।

जगेडा कोषः एभरेष्ट बैंक लिमिटेडको जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको जगेडा कोषमा ८ अर्ब ६३ करोड रुपैयाँ रहेको छ।

निक्षेप र कर्जाः बैंकहरुले प्रकाशन गरेको आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासको वित्तीय विवरणका आधारमा एभरेष्ट बैंकले २ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

खुद ब्याज आम्दानीः गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एभरेष्ट बैंकले ७ अर्ब ६६ करोड खुद ब्याज आम्दानी गरेकोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

सञ्चालन नाफाः गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एभरेष्ट बैंकले ५ अर्ब ६० करोड रुपैयाँ सञ्चालन नाफा गरेकोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ अर्ब ७४ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ।

खुद मुनाफाः आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासको वित्तीय विवरणका आधारमा एभरेष्ट बैंकले ३ अर्ब ७० करोड खुद नाफा गरेकोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ।

वितरणयोग्य नाफाः आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासको वित्तीय विवरणका आधारमा एभरेष्ट बैंकको ३ अर्ब ५१ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेकोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको २ अर्ब ४९ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ।

किताबी मूल्यः एभरेष्ट बैंकको किताबी मूल्य २३६.०६ रुपैयाँ छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको किताबी मूल्य २१८.०४ रुपैयाँ छ।

वार्षिक प्रतिशेयर आम्दानीः वित्तीय विवरणका आधारमा एभरेष्ट बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३१.४५ रुपैयाँ छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३५.०९ रुपैयाँ छ।

खराब कर्जाः एभरेष्ट बैंकको खराब कर्जा ०.७१ प्रतिशत हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा २.१४ प्रतिशत छ।

(नोटः उपलब्ध तथ्यांकका आधारमा गरिएको विश्लेषण पूर्ण होइन। थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोबार प्रयोजनका लागि होइन।)

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS