IME Life New

हिमालयन रिको लगानी रहेको कम्पनीले पायो मर्चेन्ट बैंकरको लाइसेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको लगानी रहेको हिमालयन मर्चेन्ट बैंकरले लाइसेन्स पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)को बुधबार बसेको सञ्चालक समितिको बैठकले हिमालयन मर्चेन्ट बैंकरलाई लाइसेन्स दिने निर्णय गरेको हो। ‘मापदण्ड सबै पूरा गरेकोले नियमित प्रक्रियाअन्तर्गत नै हिमालयन मर्चेन्ट बैंकरलाई लाइसेन्स दिने निर्णय भएको हो’, सेबोन अध्यक्ष महेश बरालले भने।

Esewa
Crest

हिमालयन मर्चेन्ट बैंकरको पुँजी २० करोड रुपैयाँको रहेको छ। अब यो मर्चेन्ट बैंकरले कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्पूर्ण कार्य गर्न पाउनेछ।

यसैगरी हिमालयन मर्चेन्टले शेरको प्रत्याभूति, धितोपत्र अभिलेख राख्ने र शेयर रजिस्ट्रारजस्ता कार्य पनि गर्नेछ।

हिमालयन मर्चेन्टले लाइसेन्स पाएसँगै मर्चेन्ट बैंकरको संख्या ३० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS