IME Life New

सवा ८%ले बढ्यो बीमकको व्यापार, कति जनसंख्या बीमाको दायरामा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्म बीमा कम्पनीहरुले करिब २ खर्ब रुपैयाँ बढीको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ असारसम्म जीवन र निर्जीवन बीमकहरुले १ खर्ब ९७ अर्ब ७९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

यो तथ्यांकअनुसार बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन अघिल्लो वर्ष २०७९।८०को असार मसान्तसम्मको तुलनामा ८.३४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २०८० असार मसान्तसम्म बीमा कम्पनीहरुले १ खर्ब ८२ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

Esewa
Crest

समीक्षा वर्षमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ९.८२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

यसैगरी अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३.१२ प्रतिशतले बढेर ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ थियो।

हाल नेपालमा १४ जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ४ वटा लघु जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन्।

समीक्षा वर्षमा जीवन बीमकहरुले १ करोड ३८ लाख ८१ हजार ४९२ वटा बीमालेख जारी गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा १.८१ प्रतिशतले कम हो। अघिल्लो वर्षमा जीवन बीमकहरुले १ करोड ४१ लाख ३७ हजार ३२१ वटा बीमालेख जारी गरेका थिए।

निर्जीवन बीमकहरुले जारी गरेको बीमालेख भने अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ३.९१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष निर्जीवन बीमा कम्पनीहरुले २७ लाख ९२ हजार ५१६ वटा बीमालेख जारी गरेकोमा समीक्षा वर्षमा बढेर २९ लाख १ हजार ६४० पुगेको छ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार समीक्षा वर्षमा नेपालको कुल जनसंख्याको ४३.२७ प्रतिशत मानिस बीमाको दायरामा रहेका छन्। अघिल्लो वर्ष कुल जनसंख्याको ४४.३८ प्रतिशत मानिस बीमाको दायरामा रहेका थिए।

बीमा कम्पनीहरुको व्यापार बढे पनि अझै ५६ प्रतिशतभन्दा बढी जनसंख्या बीमाको पहुँचबाट टाढा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS