IME Life New

मानुषी लघुवित्तले डाक्यो विशेष साधारणसभा, मर्जरको ढोका खोल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा डाकेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा आउँदो भदौ ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको पलाँसेस्थित होटल प्यालिसेड रिसोर्टमा बिहान १०ः३० बजेबाट हुनेछ।

Esewa
Crest

सभाले अन्य कुनै लघुवित्तसँग मर्जरमा जाने ढोका खुला गर्नेछन्। मर्जर र प्राप्ति प्रक्रिया अगाडि बढाउन आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

प्रबन्धपत्र तथा नियमावलीमा संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त सुझावका आधारमा अगाडि बढ्ने र त्यसको संशोधन तथा परिमार्जन गर्न निर्देशन भएमा सञ्चालक समितिले सोहीबमोजिम गर्न गराउन पनि सभाले अख्तियारी प्रदान गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ संस्थाले साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ उक्त मितिभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो लघुवित्तको विशेष साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS