IME Life New

सार्वजनिक पदधारक र कर्मचारीको जरिवाना रकम संकलन गर्न वाणिज्य बैंकहरुलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशैभरि शाखा रहेका सरकारी कारोबार गर्ने वाणिज्य बैंकहरुलाई राजस्व संकलनमा सहयोग गर्न निर्देशन गरेको छ।

केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार आर्थिक वर्ष २०७९।८० को सम्पत्ति विवरण फाराम भरी तोकिएको समयभित्र पेस नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले जरिवानाबापत तिर्ने ५ हजार रुपैयाँ संकलन गर्न दिएको जिम्मेवारीअनुसार राजस्व संकलन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

Esewa
Crest

गत साउन २ गते आयोगले देशैभरिबाट जरिवानाबापतको राजस्व उठाउन राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णयसहित साउन १६ गते पत्र पठाएको थियो। पत्रमा संघीय राजस्व खाता नम्बर १४३१२ खुलाई आयोगको कार्यालयको कोडसमेत उल्लेख गरी ७७ वटै जिल्लाबाट राजस्व जम्मा गर्न सकिने व्यवस्था मिलाउन सरकारी कारोबार गर्ने सबै बैंकलाई निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS