IME Life New

मेरो माइक्रोफाइनान्सको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा सहित अधिकांश सूचकमा बृद्धि भएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको मुनाफा ३६२.५९ प्रतिशतले बढी हो।

Esewa
Crest

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४ दशमलव ०६ प्रतिशतले बढेको छ । यस अवधिसम्ममा लघुवित्तले ८७ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७६ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दान िगरेको थियो ।

त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १५ दशमलव ८४ प्रतिशतले बढेको छ । कम्पनीको सञ्चालन मुनाफा ३५२ दशमलव ७४ प्रतिशतले बढेको छ। संस्थाको खराब कर्जा समीक्षा अवधिमा ५ दशमलव ८४ प्रतिशतबाट बढेर ७ दशमलव ६८ प्रतिशतले पुगेको छ।

१ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८४ करोड ४५ लाख रुपैयाँ सञ्चित छ। यस अवधिसम्ममा १९ करोड ६२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। त्यस्तै, लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८७ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६३ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ५३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.०८ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS