IME Life New

चौथो त्रैमासको विवरणका आधारमा नबिल र ग्लोबल आइएमई बैंकलाई दाँजेर हेर्दा !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई र नबिल बैंकले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययनः

Esewa
Crest

चुक्तापुँजीः ग्लोबल आइएमई बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड रहेको छ भने नबिल बैंकको चुक्तापुँजी २७ अर्ब ५ करोड रहेको छ।

जगेडा कोषः ग्लोबल आइएमई बैंकको जगेडा कोषमा २३ अर्ब ७५ करोड रहेको छ भने नबिल बैंकको जगेडा कोषमा २८ अर्ब ६५ करोड रहेको छ।

रिटेन्ड अर्निङः ग्लोबल आइएमई बैंकको रिटेन्ड अर्निङमा १ अर्ब १० करोड रहेको छ भने नबिल बैंकको रिटेन्ड अर्निङमा ३ अर्ब ८५ करोड रहेको छ।

निक्षेप र कर्जाः बैंकहरुले प्रकाशन गरेको आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरणका आधारमा ग्लोबल आइएमई बैंकले ४ खर्ब ८७ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेको छ भने नबिल बैंकले ४ खर्ब ६२ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ७३ अर्ब कर्जा प्रवाह गरेको छ।

खुद ब्याज आम्दानीः गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकले १६ अर्ब ६३ करोड खुद ब्याज आम्दानी गरेकोमा नबिल बैंकले १६ अर्ब २० करोड खुद ब्याज आम्दानी गरेको छ।

सञ्चालन नाफाः गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकले ८ अर्ब ७४ करोड सञ्चालन नाफा गरेकोमा नबिल बैंकले ९ अर्ब ८४ करोड सञ्चालन नाफा गरेको छ।

खुद मुनाफाः आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरणका आधारमा ग्लोबल आइएमई बैंकले ६ अर्ब १ करोड खुद नाफा गरेकोमा नबिल बैंकले ७ अर्ब ६ करोड खुद नाफा गरेको छ।

वितरणयोग्य नाफाः आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरणका आधारमा ग्लोबल आइएमई बैंकको १ अर्ब १० करोड वितरणयोग्य नाफा रहेकोमा नबिल बैंकको ३ अर्ब ८५ करोड वितरणयोग्य नाफा रहेको छ।

किताबी मूल्यः ग्लोबल आइएमई बैंकको किताबी मूल्य १६८.८१ रुपैयाँ छ भने नबिल बैंकको किताबी मूल्य २२०.१६ रुपैयाँ छ।

प्रतिशेयर आम्दानीः वित्तीय विवरणका आधारमा ग्लोबल आइएमई बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६.६५ रुपैयाँ छ भने नबिल बैंकको वार्षिक प्रतिशेयर आम्दानी २६.०९ रुपैयाँ छ।

नोटः उपलब्ध तथ्यांकका आधारमा गरिएको विस्लेषण पूर्ण होइन। थप अनुसन्धान गरेर निर्णय लिनु होला। माथिको समाचार शेयर कारोबार प्रयोजनका लागि होइन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS