IME Life New

गुगललाई झट्का, प्रभुत्व कायम राख्न गैरकानुनी काममा अर्बौं डलर खर्च गरेको खुलासा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी न्यायाधीश अमित मेहताले गुगलले अनलाइन सर्चमा एकाधिकार कायम राख्न गैरकानुनी रुपमा काम गरेको बताएका छन्। यसका लागि गुगलले आफ्नो प्रभुत्वको फाइदा उठाउँदै प्रतिस्पर्धालाई कुचल्न र नवप्रवर्तनलाई रोक्न अर्बौं डलर खर्च गरेको उनको भनाइ छ।

करिब १ वर्षको मुद्दा चलिसकेपछि यो फैसला आएको हो। गुगल, माइक्रोसफ्ट र एप्पलका अधिकारीहरुले दिएका प्रमाण र साक्षीहरुको समीक्षा गरेपछि न्यायाधीश मेहताले सोमबार (अगस्ट ५) २७७ पृष्ठको फैसला सुनाए। गुगलका ग्लोबल अफेयर्सका अध्यक्ष केन्ट वाकरले कम्पनीले यस निर्णयविरुद्ध अपिल गर्ने बताएका छन्।

Esewa
Crest

यो निर्णयले सर्च मार्केटमा गुगलको वर्चस्व यसको एकाधिकारको प्रमाण हो भन्ने फेला पारेको छ। गुगलको सामान्य खोज सेवामा ८९.२ प्रतिशत हिस्सा रहेको छ। जुन मोबाइलमा ९४.९ प्रतिशत छ। न्यायाधीश मेहताको निर्णयले गुगलले हरेक वर्ष आफ्नो सर्च इन्जिनलाई नयाँ मोबाइल फोन र इलेक्ट्रोनिक ग्याजेटहरुमा पूर्वनिर्धारित बनाउन अर्बौं डलर खर्च गरेको उजागर गरेको छ।

अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्न्ले यो निर्णयलाई अमेरिकी जनताको ऐतिहासिक जित भनेका छन्। मिडिया रिपोर्टहरुका अनुसार अर्को चरणमा अब लामो कानुनी कारबाही र अपिलहरु समावेश हुन सक्छ। जुन सम्भावित रुपमा सन् २०२६ सम्म विस्तार हुन सक्छ।

अदालतको निर्णय गुगल र यसको मूल कम्पनी अल्फाबेटका लागि ठूलो झट्का हो। जसले तर्क गरेको थियो कि उपभोक्ताहरु खोज इन्जिन प्रयोग गर्न चरम इच्छुकताका कारण उनीहरुको लोकप्रियता बढेको छ। जुन चिजहरु अनलाइन खोज्ने पर्याय बनेको छ।

लगानी फर्म बन्डद्वारा हालैको रिपोर्ट अनुसार गुगलको खोज इन्जिनले हरेक दिन लगभग ८.५ अर्ब प्रश्नहरु विश्वव्यापी रुपमा प्रशोधन गर्दछ। जुन १२ वर्षपहिले दैनिक खोजहरुको लगभग दोब्बर हो।

विश्व शेयर बजारमा आएको गिरावटबीच गुगलको मूल कम्पनी अल्फाबेटको शेयर सोमबार ४.६१ प्रतिशतले घटेर १६०.६४ अमेरिकी डलरमा बन्द भएको छ। यसको स्टक पछिल्लो ५ दिनमा ६.६२ प्रतिशत र एक महिनामा १५.६७ प्रतिशत घटेको छ। त्यस्तै, अल्फाबेटको शेयरले ६ महिनामा १०.४७ प्रतिशत र १ वर्षमा २१.७५ प्रतिशतले पोजिटिभ रिटर्न दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS