IME Life New

खराब कर्जा बढेर ब्याज आम्दानी घट्दा फर्स्ट माइक्रोफाइनान्सको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा संस्थाले १७ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष संस्थाले १९ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष संस्थाको नाफामा १२.०४ प्रतिशतको संकुचन आएको छ।

Esewa
Crest

यो वर्ष संस्थाको सञ्चालन मुनाफा १२.३८ प्रतिशतले बढेर २५ करोड १० लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २८ करोड ६४ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा संस्थाको खुद ब्याज आम्दानी ३० करोड ८१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ४३ करोड ३२ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा २८.८७ प्रतिशतले घटेको छ।

आव २०८०।८१ मा संस्थाको वितरणयोग्य मुनाफा १३ करोड ६९ लाख रुपैयाँ रहेको छ। संस्थाले प्रतिशेयर ११.१० प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.०७ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल ०.६६ प्रतिशत थियो। संस्थाको इम्पेयरमेन्ट चार्ज ७७ लाख ३० हजार रुपैयाँले ऋणात्मक रहेको छ।

चुक्तापुँजी १ अर्ब २३ करोड ३८ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भमा २९ करोड १९ लाख रुपैयाँ र रिटेन्ड अर्निङ १३ करोड ६९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा २५ करोड ४६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १८ करोड १५ लाख रुपैयाँ थियो। समीक्षा वर्षमा संस्थाको रिजर्भको आकार बढेको छ भने रिटेन्ड अर्निङ घटेको छ।

समीक्षा वर्षमा संस्थाले ६ अर्ब ९६ करोड रुपैयाँ सापटी ७ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा संस्थाले ७ अर्ब ४६ करोड रुपैयाँ सापटी लिएर ७ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा वर्षमा संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १४.१३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १७.२६ रुपैयाँ थियो। पीई रेसियो ४८.१९ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १३४.७६ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS