IME Life New

नगद विदेशी मुद्रा नेपाली मुद्रामा सटही गर्न कस्ता छन् व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही विदेशी मुद्रालाई नेपाली मुद्रामा सहटी गर्ने व्यवस्था गरेको छ।

वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १ हजार ५०० रुपैयाँ वा सोबराबरको परिवर्त्य विदेशी मुद्रासम्मको रकम नगदमा आफैँसँग राख्न सकिन्छ। उक्त सीमाभन्दा बढी भएमा ३५ दिनभित्र सटही गरिसक्नुपर्दछ।

Esewa
Crest

आफ्नो पहिचान खुल्ने प्रमाणपत्र पेस गरी एकपटकमा अमेरिकी डलर ५ हजार वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्रा सटही गर्न सकिन्छ।

त्यस्तै विदेशमा आर्जन गरेको प्रमाणित हुने कागजातसहित भन्सा उद्घोषण गरी कानुनी रुपमा नेपाल भित्र्याइएको परिवर्त्य विदेशी मुद्राको हकमा भने जतिसुकै रकम पनि एकैपटकमा सटही गर्न सकिन्छ।

यसैगरी आफ्नो पहिचान खुल्ने कागजात पेस गरी विदेशी इष्टमित्र र ग्राहकबाट उपहार, टिप्स आदिबापत प्राप्त भएको विदेशी मुद्रा एकपटकमा अमेरिकी डलर ५०० वा सोबराबर हुने अन्य परिवर्त्य विदेशी मुद्रा इजाजतप्राप्त मनिचेन्जरबाट पनि सटही गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS