IME Life New

राष्ट्रियस्तरका विकास बैंकः कसले कति कमाए ? लाभांश क्षमता कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले गत आर्थिक वर्ष २०८०।८१ मा साढे ५ अर्ब रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएका छन्।

सार्वजनिक वित्तीय विवरणअनुसार ८ वटा राष्ट्रियस्तरका विकास बैंकले ५ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष यी बैंकहरुले ५ अर्ब ७ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा ९.३९ प्रतिशतले नाफा बढेको छ।

Esewa
Crest

गत आर्थिक वर्षमा सर्वाधिक नाफा कमाउने राष्ट्रियस्तरका विकास बैंकमा मुक्तिनाथ रहेको छ। यो बैंकले १ अर्ब २७ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो बैंकको लाभांश क्षमता ४.७१ प्रतिशत देखिएको छ।

यसैगरी दोस्रोमा गरिमा रहेको छ। यो बैंकले १ अर्ब १३ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यसको लाभांश क्षमता १०.५२ प्रतिशत रहेको छ।

तेस्रोमा शाइन रेसुंगा रहेको छ। यो बैंकले ६९ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यसको लाभांश क्षमता ८.१२ प्रतिशत रहेको छ।

नाफा वृद्धिदरको हिसाबले सांग्रिला रहेको छ। यो बैंकले ५२ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ९२.४७ प्रतिशत बढी हो। अघिल्लो वर्ष यो बैंकले २७ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो। यसको लाभांश क्षमता ५.१८ प्रतिशत रहेको छ।

नाफा वृद्धिदरको हिसाबले कामना सेवा दोस्रो स्थानमा रहेको छ। अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ६६.९३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ३६ करोड १३ लाख रुपैयाँ कमाएकोमा गत वर्ष ६० करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यसको लाभांश क्षमता १०.९१ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS