IME Life
GBIME

मुक्तिनाथ विकास बैंकको नाफा सवा १ अर्ब माथि, कति छ लाभांश क्षमता ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा बैंकले १ अर्ब २७ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब २४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकको नाफामा २.४८ प्रतिशतको वृद्धि भएको छ।

Crest

बैंकको वितरणयोग्य मुनाफा ३३ करोड १८ लाख रुपैयाँ रहेको छ भने लाभांश वितरण क्षमता प्रतिशेयर ४.७१ प्रतिशत रहेको छ।

यो वर्ष बैंकको सञ्चालन मुनाफा पनि १.४८ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ८२ करोड ५ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १८ करोड ३० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ४ अर्ब १० करोड ४० लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा १.९२ प्रतिशतको कमी आएको छ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.२६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.९८ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले ६४ करोड ८५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

चुक्तापुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा ३ अर्ब १७ करोड ९ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ३३ करोड १८ लाख रुपैयाँ रहेको छ।

समीक्षा वर्षमा बैंकले १ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९१ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा बैंकले १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १८.१५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १७.७१ रुपैयाँ थियो। पीई रेसियो २०.२२ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४९.७१ रुपैयाँ रहेको छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS