IME Life New

एनआईसी एसिया बैंकको नाफा रु. १.३८ अर्ब, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा बैंकले १ अर्ब ३८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकको नाफामा ६८.९१ प्रतिशतको संकुचन आएको छ। नाफा घटेसँगै बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा १५.४५ रुपैयाँले ऋणात्मक रहेको छ।

Esewa
Crest

यो वर्ष बैंकको सञ्चालन मुनाफा पनि ५३.८३ प्रतिशतले घटेर ३ अर्ब १ करोड ८१ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ६ अर्ब ५३ करोड ६७ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी १० अर्ब ६१ करोड ७१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी १२ अर्ब २५ करोड ८८ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा १३.३९ प्रतिशतको कमी आएको छ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.७४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.११ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले २ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा १७ अर्ब ५५ करोड ५५ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ २ अर्ब ३० करोड ४० लाख रुपैयाँले ऋणात्मक रहेको छ।

समीक्षा वर्षमा बैंकले ३ खर्ब ५४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७२ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा बैंकले ३ खर्ब ११ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९.२६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३८.४४ रुपैयाँ थियो। पीई रेसियो ४७.८४ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २०२.२४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS