IME Life New

यस्तो छ समाज लघुवित्तको चौथो त्रैमासको वित्तीय अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ३२.३४ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले बढेको छ । यस अवधिमा लघुविवत्तले २ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस अवधिमा अन्य सञ्चालन आम्दानी ३.१२ प्रतिशत घटेको छ।

Esewa
Crest

२ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २४ करोड ६५ लाख रुपैयाँ सापटी र १६ करोड ५ लाख रुपैयाँ निक्षेपबाट ४४ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा घटेर २२ रुपैयाँ ४५ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ ९७ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS