IME Life New

बागमती प्रदेशमा निर्जीवन बीमकको व्यापार ६६.७१%, अन्य प्रदेशमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।८१ मा करिब साढे ४१ अर्ब रुपैयाँको व्यापार गरेका छन्। हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन्।

समीक्षा वर्षमा निर्जीवन बीमकहरुको व्यापारको ठूलो हिस्सा बागमती प्रदेशमा देखिएको छ। यो प्रदेशमा निर्जीवन बीमकहरुले २७ अर्ब ६६ करोड १६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। जुन कुल व्यापारको ६६.७१ प्रतिशत हिस्सा हो।

Esewa
Crest

यसैगरी निर्जीवन बीमकहरुको दोस्रो ठूलो बजार लुम्बिनी प्रदेश देखिएको छ। लुम्बिनीबाट निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ६५ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो कुल व्यापारको ८.८१ प्रतिशत हो।

तेस्रो ठूलो बजारका रुपमा कोशी प्रदेश रहेको छ। यो प्रदेशमा निर्जीवन बीमा कम्पनीको बजार हिस्सा ८.६ प्रतिशत रहेको छ। यो प्रदेशका कम्पनीहरुले ३ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

त्यस्तै निर्जीवन बीमकहरुले मधेश प्रदेशबाट २ अर्ब ६६ करोड ६ लाख रुपैयाँ, गण्डकीबाट २ अर्ब १८ करोड ७५ लाख रुपैयाँ, सुदूरपश्चिमबाट १ करोड ५ लाख २६ हजार रुपैयाँ र कर्णालीबाट ६८ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। मधेश प्रदेशमा ६.४२ प्रतिशत, गण्डकीमा ५.२८ प्रतिशत, सुदूरपश्चिममा २.५४ प्रतिशत र कर्णालीमा १.६५ प्रतिशत बजार हिस्सा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS