GBIME
IME Life

एक महिनामा निर्जीवन बीमकको व्यापार करिब ५ अर्ब, कसको बजार हिस्सा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एक महिनामा करिब ५ अर्बको व्यापार गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुले असार महिनामा मात्रै ४ अर्ब ८४ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएका हुन्।

एक महिनामा सबैभन्दा धेरै व्यापार गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। कम्पनीले एक महिनामा ५७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन कुल निर्जीवन बीमा बजारको ११ प्रतिशत बजार हिस्सा हो। दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५० करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। जुन कम्पनीको कुल निर्जीवन बीमा बजारको १० प्रतिशत हिस्सा छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४९ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन निर्जीवन बीमा कम्पनीहरुको कुल व्यापारमा यस कम्पनीको बजार हिस्सा १० प्रतिशत हो।

SKYWELL
Crest

यता हिमालयन एभरेस्ट इन्स्योरेन्सले ४८ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन निर्जीवन बीमा कम्पनीहरुको कुल व्यापारमा यस कम्पनीको बजार हिस्सा १० प्रतिशत हो। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४३ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन निर्जीवन बीमा कम्पनीहरुको कुल व्यापारमा यस कम्पनीको बजार हिस्सा ९ प्रतिशत रहेको छ। ओरिएन्टल इन्स्योरेन्सले ४० करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन निर्जीवन बीमा कम्पनीहरुको कुल व्यापारमा यस कम्पनीको बजार हिस्सा ८ प्रतिशत रहेको छ।

त्यस्तै, एक महिनामा सानिमा जिआइसी इन्स्योरेन्सले ४० करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन निर्जीवन बीमा कम्पनीहरुको कुल व्यापारमा यस कम्पनीको बजार हिस्सा ८ प्रतिशत रहेको छ। युनाइटेड अजोड इन्स्योरेन्सले ३४ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। एनएलजी इन्स्योरेन्स कम्पनीले २९ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन निर्जीवन बीमा कम्पनीहरुको कुल व्यापारमा यस कम्पनीको बजार हिस्सा ६ प्रतिशत रहेको छ।

त्यसैगरी नेको इन्स्योरेन्सले २५ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ५ प्रतिशत रहेको हो। प्रभु इन्स्योरेन्सले २१ कोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन निर्जीवन बीमा कम्पनीहरुको कुल व्यापारमा यस कम्पनीको बजार हिस्सा ४.४० प्रतिशत रहेको हो। नेपाल इन्स्योरेन्सले १८ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन निर्जीवन बीमा कम्पनीहरुको कुल व्यापारमा यस कम्पनीको बजार हिस्सा ३.८९ प्रतिशत रहेको छ।

नेसनल इन्स्योरेन्सले १७ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ३.७० प्रतिशत रहेको छ। राष्ट्रिय बीमा कम्पनीले ६ करोड २५ लाख रुपैयाँ संकलन गरेको छ। जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा १.२५ प्रतिशत रहेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS