IME Life New

एक वर्षमा निर्जीवन लघु बीमकको साढे २९ करोडको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन लघु बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०।८१ को असार मसान्त अर्थात १ वर्षमा करिब साढे २९ करोडको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ४ निर्जीवन लघु बीमकले १ वर्षमा १ लाख २७ हजार १८२ वटा बीमालेख जारी गर्दै २९ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। कुल बीमाशुल्क आर्जनको हिसाबले नेपाल माइक्रो अगाडि रहेको छ। यो कम्पनीले ४९ हजार ४७३ वटा बीमालेख जारी गर्दै १० करोड ३१ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

कुल व्यापारमा नेपाल माइक्राको हिस्सा ३५ प्रतिशत रहेको छ।

दोस्रोमा प्रोटेक्टिभ माइक्रो रहेको छ। यो लघु बीमकले ३० हजार ४१० वटा बीमालेख जारी गर्दै ९ करोड ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीको कुल व्यापारमा ३०.५५ प्रतिशत हिस्सा रहेको छ।

यसैगरी व्यापारको हिसाबले स्टार माइक्रो तेस्रो स्थानमा रहेको छ। यो कम्पनीले ३३ हजार ४०७ वटा बीमालेख जारी गर्दै ६ करोड ८७ लाख ९९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीको बजार हिस्सा २३.३४ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म ट्रस्ट माइक्रोले ३ करोड २७ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले १३ हजार ८९२ वटा बीमालेख जारी गरेको छ। यो कम्पनीको कुल व्यापारमा ११.१ प्रतिशत हिस्सा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS