IME Life New

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट, भाग्यमानी ९ जनाले पाए ११ कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तको वित्तीय संस्थाको एफपीओ बुधबार बिहान बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। एफपीओ बाँडफाँड कार्यक्रम बिहान ८ बजे राखिएको थियो।

Esewa
Crest

संस्थाले यही साउन ४ गतेदेखि साउन ८ गतेसम्म कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँबराबरको एफपीओ निष्कासन गरेको थियो। जसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्री खुला गरिएको थियो।

यो एफपीओमा कुल १५ लाख ६४ हजार ४२३१ आवेदकबाट २ करोड २१ लाख २७ हजार ८८० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो। जसमा १५ लाख ६३ हजार ३२२ आवदेन सदर भएको थियो भने १ हजार १०१ को आवेदन बदर भएको थियो।

कुल सदर आवेदकबाट २ करोड २१ लाख ८ हजार ७१० कित्ता शेयरका लागि खरिद आवेदन परेको थियो। मागभन्दा बढी आवदेन परेका कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो।

जसमा भाग्यमानी ४ हजार ६७२ जनालाई १० कित्ताका दरले ४६ हजार ७२० कित्ता शेयर पाएका छन्। तिनै भाग्यमानी आवेदनमध्ये ९ जनाले थप १–१ कित्ता शेयर पाएका छन्।

यो एफपीओमा करिब १५ लाख ६० हजार आवेदकको हात खाली भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS