GBIME
IME Life

सिटिजन्स बैंकका ग्राहकले चरक मेमोरियल हस्पिटलमा छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेशनल र कास्कीको पोखरास्थित चरक मेमोरियल हस्पिटलबीच छूट सम्बन्धी समझदारी भएको छ । यी दुई कम्पनीबीच सिटिजन्स् बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो ।

सो समझदारी अनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।

SKYWELL
Crest

कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।

बेंकले देशैभरी ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS