IME Life New

ह्वाट्सएपको नयाँ अवतार, अब कलिङमा देखिनेछ फरक लुक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ता अनुभव सुधार गर्न निरन्तर अपडेट गरिरहन्छ। इन्स्ट्यान्ट मेसेजिङ एप विश्वभर करोडौँ मानिस प्रयोग गर्छन्। अब आईफोन प्रयोगकर्ताले यस प्लेटफर्ममा नयाँ कलिङ इन्टरफेस पाउनेछन्। डब्ल्यूए बेटा इन्फोले एक्स प्लेटफर्म (पुरानो नाम ट्विटर) मा पोस्ट गरेर यस जानकारी गराएको हो।

यदि तपाइँले ह्वाट्सएप कलिङ फिचर प्रयोग गर्नुभएको छ र यसबाट बोर हुनुहुन्छ भने अब कम्पनीले नयाँ कलिङ इन्टरफेस ल्याएको छ। अब कलिङ बारमा नयाँ बटनहरु देखिनेछन्।

Esewa
Crest

कम्पनीले एन्ड्रोइडका लागि ह्वाट्सएप बिटा भर्जनमा धेरै फिचर लन्च गरेको छ। अहिले धेरै आधुनिक कल स्क्रिन ह्वाट्सएपमा दिइएको छ। यो परिवर्तनअन्तर्गत प्रयोगकतारुले अपडेट बटनहरु प्राप्त गर्नेछन्। यसमा ठूलो प्रोफाइल फोटो र समग्र कन्टेन्परेरी डिजाइन पाइनेछ। यो डिजाइन धेरै आकर्षक र प्रयोगकर्तामैत्री रहेको छ।

ह्वाट्सएपले आईओएस प्रयोगकर्ताहरुका लागि यस प्रकारको रोलआउट जारी गरेको छ। यो अपडेट भर्जन २४.१४.७८ मा उपलब्ध हुनेछ। चाँडै यो अपडेट सबै प्रयोगकर्तामा पुग्नेछ। नयाँ इन्टरफेस फिचरले धेरैको ध्यान तान्न सक्ने र यसलाई आमप्रयोगकर्ताले पनि मन पराउनेछ।

यो सुविधा ह्वाट्सएपका सबै प्रयोगकर्ताले तुरुन्तै देखिने छैनन्। यो अपडेट रोलआउट आधारमा जारी गरिएको छ। त्यसपछि यो अपडेट विस्तारै सबै प्रयोगकर्तामा पुग्नेछ। यसले केही दिन वा केही हप्ता लिन सक्छ। यसका लागि एप स्टोरबाट लेटेस्ट भर्जन अपडेट गरिरहनु पर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS