IME Life New

बैंकहरुलाई राष्ट्र बैंकको उपहार, लघुवित्तलाई दियो आम्दानी बढाउने यस्तो सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाप्रति थप लचक बनेको छ।

केन्द्रीय बैंकले सोमबार एउटा सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाप्रति थप लचिलो नीति ल्याएको हो। यसले बैंक तथा वित्तीय संस्थाहरुलाई राहात मिल्ने देखिन्छ।

Esewa
Crest

इजाजतपत्र प्राप्त संस्थाको लेखानीतिबमोजिम आवा २०८०।८१ मा प्रोदभावी (एकुरल बेसिस)मा लेखांकन गरिएको ब्याज आम्दानीमध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकमबाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानीबराबरको रकममा प्रचलित नियमानुसारको आयकर र कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ। यो सुविधा पाएसँगै बैंकहरुले साउनसम्म प्राप्त ब्याजलाई गत आर्थिक वर्षको नाफामा गणना गर्न पाउने भएका छन्। यो सुविधा चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत दिइएको हो।

यसैगरी हालसम्म एनएफआरएस लागू भइसकेका लघुवित्त वित्तीय संस्थाहरुको हकमा आव २०८०।८१ मा पाकेको ब्याज २०८१ साउन मसान्तभित्र प्राप्त भएमा सो रकमलाई त्यस्ता लघुवित्तले आव २०८०।८१ को नाफा–नोक्सान आम्दानी जनाउन पाउने सुविधा राष्ट्र बैंकले दिएको छ।

राष्ट्र बैंकको यो सुविधा उपभोग गर्ने बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक वित्तीय विवरण अब भदौमा मात्रै सार्वजनिक गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS