IME Life New

नेसनल सेन्ट्रल ब्यूरो र राहदानी विभागबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौं र राहदानी विभागबीच ‘डाइरेक्ट एक्सेस टु दि इन्टरपोल इन्फरमेसन सिस्टम’ सम्बन्धमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले इन्टरपोलमा रहेका विभिन्न डाटाबेसमध्ये एसएलटीडी (स्टोलन एन्ड लस्ट ट्राभल्स डकुमेन्ट)लाई व्यवस्थित गर्न इन्टरपोल वेब सर्भिस फर डाटा म्यानेजमेन्ट प्रविधि इन्टरपोलका सदस्य राष्ट्रहरूलाई आदानप्रदान गरिने बताए ।

प्रहरी महानिरीक्षक कुँवरले लामो समयदेखि हराएका, चोरी भएका तथा रद्ध गरिएका राहदानीहरूको नेपालमा मात्र नभएर वैदेशिक भूमिमा समेत आपराधिक तथा अवैधानिक प्रयोगमा नियन्त्रण तथा जानकारी प्राप्त हुने, डाटाबेसमा अपडेट गर्दा त्रुटि हुने सम्भावनाको अन्त्य हुने बताए ।

उनले अब लामो र झन्झटिलो प्रक्रिया सहज र छिटो हुनुका साथै नेपाल प्रहरी इन्टरपोल शाखा, अध्यागमन विभाग र राहदानी विभागबीचमा समेत समन्वय हुने विश्वास व्यक्त गरे ।

समारोहमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालल राहदानीको दुरूपयोगबाट हुने अपराध नियन्त्रण गर्न यस समझदारीले सहयोग पुर्‍याउने उल्लेख गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा राहदानी विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS