IME Life New

नबिल बैंकको देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन आयोजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन आयोजना गरेको छ । आफ्नो बैंक स्थापनाको ४० औं वार्षिकोत्सवको अवसरमा कम्पनीले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै गत शनिवार देशव्यापी वाकाथन आयोजना गरेको हो । कम्पनीले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथानमार्फत ऐक्यबद्धता रहेको जनाएको छ।

वाकाथनको शुभारम्भका क्रममा कम्पनीका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण आजको दिनमा आइपुगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिंदै जाने बताए । “नबिल बैंक दिगो विकासका लागि प्रतिबद्ध छ, हामीहरूले दिगो बैंकिङमार्फत् यसको शुरुआत गरिसकेका छौं, आगामी दिनका लागि प्रतिबद्धता जनाउन प्रतिबद्ध छौं”, उनले भने ।

Esewa
Crest

कम्पनीका सीईओ ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिबद्धता सहित देशव्यापी वाकाथन आयोजना गरिएको बताए ।

उक्त अवसरमा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, नायव प्रमुख कार्यकारी अधिकृतद्वय मनोज ज्ञवाली र भूपेन्द्र पाण्डे, विभिन्न विभागीय प्रमुखलगायत काठमाडौं उपत्यकाका विभिन्न शाखामा कार्यरत करिब १ हजार १०० कर्मचारीको उपस्थिति थियो ।

उक्त वाकाथन कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्युरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदै फेरि केन्द्रीय कार्यालयमा पुगेर समापन भएको थियो ।

कम्पनीका अनुसार नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी, हेटौंडा र दाङमा पनि एकैसाथ वाकाथन आयोजना गरिएको थियो । कम्पनीले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS