IME Life New

साढे ८%ले बढ्यो बजारमा नगद परिचालन, कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा बजारमा नगद परिचालन साढे ८ प्रतिशतले बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो।

वित्तीय विवरणअनुसार बजारमा २०८१ असारसम्म ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको छ। २०८० असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो १ वर्षमा नगद परिचालन ८.६७ प्रतिशतले बढेको छ।

Esewa
Crest

यो १ वर्षमा सरकारी कोष ४१.८३ प्रतिशतले बढेको छ। २०८० असारसम्म सरकारी कोषमा ४५ अर्ब ८ करोड रुपैयाँ थियो। २०८१ असारसम्म सरकारी कोषको आकार बढेर ६३ अर्ब ९५ करोड रुपैयाँको उचाइमा पुगेको छ।

२०८१ असारसम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब ७२ अर्ब ७ करोड रुपैयाँ रहेको छ। २०८० असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो। आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ६२ करोड ७४ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS