SKIP THIS

National Insurance
IME Life

गुराँस लघुवित्तको नाफा २ करोड ५९ लाख हुँदा प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथौ त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। कम्पनीले यस समिक्षा अवधिमा २ करोड ५९ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनको नाफा बृद्धि भएको हो ।

गत असारसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ४८ प्रतिशत बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ६० लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ११ करोड ५६ लाख रुपैयाँ, सञ्चालन नाफा ३ करोड ६० लाख रुपैयाँ छ । १० करोड १४ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ७१ लाख रुपैयाँ सञ्चिती रहेको छ । यस वधिमा कम्पनीले १ अर्ब १८ करोड ३६ लाख रुपैयाँ सापटी लिएर १ अर्ब ६८ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा संस्थाले ३४ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कम्पनीको नाफा वृद्धिभएसँगै प्रतिशेयर आम्दानी पनि बढेर २५ रुपैयाँ ६१ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा छ भने मूल्य आम्दानी अनुपात ७१.१२ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS