IME Life New

पुँजीकोषको दबाबमा परेका बैंकहरुप्रति राष्ट्र बैंक लचक, ल्यायो यस्ता नीति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुँजीकोषको दबाबमा परेका बैंकहरुका लागि लचिलो नीति लिएको छ।

आज केन्द्रीय बैंकले गभर्नर महाप्रसाद अधिकारीबाट सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लचिलो व्यवस्था ल्याइएको हो।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोषमा परेको दवाबलाई दृष्टिगत गर्दै तथा मौद्रिक नीति र समष्टिगत नियामकीय व्यवस्थाहरुबीच थप सामञ्जस्यता ल्याउने अभिप्रायले चालु आर्थिक वर्षका लागि तल उल्लेखित व्यवस्था गरिएको छ।

  • पुँजीकोषका उपकरणहरु तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने ।
  • असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने ।
  • कर्जा खरिदबिक्रीका लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने ।
  • विद्यमान च्भनगबितयचथ Regulatory Retail Portfolio (RRP) को सीमालाई रु. २ करोडबाट बढाएर अधिकतम रु. २ करोड ५० लाख कायम गर्ने ।
  • बैक तथा वित्तीय संस्थाले Tier 2 Capital गणना गर्दा Capital Adequacy Framework 2015 का व्यवस्थाको अधीनमा रही कुल पुँजीकोष प्राथमिक पुँजीकोषको दोब्बरभन्दा बढी नहुने गरी Regulatory Reserve मा रहेका उपयुक्त रिजर्भ रकमहरुलाई Tier 2 Capital का रुपमा गणना गर्न सकिने व्यवस्था गर्ने ।
  • माथि उल्लेखित व्यवस्थाहरुबाट वित्तीय प्रणालीमा पर्ने असरलाई नियमित अनुगमन गर्ने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS