IME Life New

शेयर लोनमा संस्थागत लगानीकर्तालाई तोकिएको २० करोडको सीमा खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत हाल कायम रहेको शेयर लोनमा संस्थागत लगानीकर्तालाई तोकिएको २० करोड रुपैयाँको सीमा खारेज गरिएको छ।

नेपाल राष्ट्र बैंकमा आज गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन्। मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपैयाँको सीमा खारेज गरिने उनले बताए।

Esewa
Crest

यसैगरी धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ।

मौद्रिक नीतिमा हाल कायम रहेको व्यक्तिगत शेयर लोनको सीमालाई यथावत राखिएको छ। व्यक्तिगततर्फ १५ करोड रुपैयाँसम्म शेयर लोन लिन पाइन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS