काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सो शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्ने बैंकले जनाएको छ ।
बैंकले तोको उक्त समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।