IME Life New

गण्डकीमा पर्यटकको औसत बसाइ १२ दिन, दैनिक खर्च करिब ६३ डलर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गण्डकी प्रदेशमा विदेशी पर्यटकको औसत बसाइ अवधि १२ दिन र दैनिक खर्च करिब ६३ डलर रहेको पाइएको छ।

नेपाल राष्ट्र बैंकको गण्डकी कार्यालयले गरेको विशेष अध्ययनबाट यस्तो पाइएको हो। अध्ययन सर्वेक्षणबाट आर्थिक वर्ष २०८०।८१ मा गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको यस प्रदेशमा औसत बसाइ अवधि १२ दिन र पर्यटकको भारित औसत दैनिक खर्च रु. ८ हजार ३५५.२९ (अमेरिकी डलर ६२.८९) रहेको पाइएको छ। भुक्तानीका माध्यम प्रयोगको विश्लेषण गर्दा यस सर्वेक्षणमा संलग्न पर्यटकमध्ये नगदका माध्यमबाट ९४.९३ प्रतिशत पर्यटकले भुक्तानी गर्ने गरेको पाइएको छ।

Esewa
Crest

सर्वेक्षणमा समावेश पर्यटकमध्ये केही पनि समस्या अनुभव नगरेका पर्यटक २८.४१ प्रतिशत भए पनि बाँकी ७१.५९ प्रतिशत पर्यटकले विभिन्न समस्या जस्तैः भाषागत समस्या, पर्यटन सूचनाको कमी, यातायातको समस्या, सुरक्षाको समस्या, भुक्तानीमा समस्या, सास्कृतिक फरकपनाले निम्त्याएको समस्या इत्यादि भोग्नु परेको पाइएको प्रतिवेदनमा उल्लेख छ।

जैविक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृितक, ऐतिहासिक र धार्मिक विविधतायुक्त गण्डकी प्रदेशको समृद्धिको प्रमुख संवाहक पर्यटन क्षेत्र हो। पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेको गण्डकी प्रदेश मनोरञ्जन, साहसिक, धार्मिक लगायत विभिन्न प्रकारका पर्यटनका लागि प्रसिद्ध छ। यस्तो प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण यस प्रदेशमा वर्षेनी स्वदेश तथा विदेशबाट ठूलो संख्यामा पर्यटकको आगमन हुने गरेको छ।

प्रदेशको आर्थिक विकास तथा रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको योगदान थप बलियो बनाउन पर्यटक केन्द्रीत नीति निर्माण गर्न पर्यटकहरुको बसाइ तथा खर्चको प्रवृत्तिको अध्ययन गर्न जरुरी देखिन्छ। तथापि यस्तो अध्ययन विगतमा भएको नदेखिएकाले राष्ट्र बैंकको गण्डकी कार्यालयको आर्थिक वर्ष २०८०।८१ को कार्ययोजनामा उल्लेख भएको विशेष अध्ययनका लागि यो विषय चयन गरिएको हो।

गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरुको औसत बसाई अवधि, शीर्षकगत खर्चको प्रवृत्ति र भुक्तानीका माध्यमको विश्लेषण गर्नुका साथै पर्यटकहरुले सामना गर्नुपरेका कठिनाइहरुको पहिचान गर्ने मुख्य उद्देश्य यस अध्ययनको रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS