IME Life New

मौद्रिक नीति शुक्रबार आउने, शेयर लोनको क्याप नहट्ने, बरु सीमा बढ्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को वार्षिक मौद्रिक नीति भोलि शुक्रबार ल्याउने तयारी गरेको छ।

राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति लगभग तयार छ। ‘भोलिलाई सञ्चालक समिति (बोर्ड) बैठक डाकिएको छ, बैठकले पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक हुनेछ’, स्रोतले भन्यो, ‘अब कुनै बाधाअड्चन नआएमा वा त्यस्तो कुनै परिस्थिति सिर्जना नभएमा मौद्रिक नीति भोलि नै आउँछ।’

Esewa
Crest

यसअघि गत शुक्रबार मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको थियो। तर, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले चासो दिएपछि मौद्रिक नीति रोकिएको स्रोत बताउँछ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर लगानीकर्ताहरुले मुख्यगरी शेयर लोनको क्याप हटाउनुपर्ने र जोखिम भार १०० मा झार्नुपर्ने सुझाव दिएका थिए। ‘शेयर लोनमा लगाइएको क्याप अहिले हट्दैन, बरु सीमा बढ्न सक्छ’, राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘जोखिम भार भने १०० प्रतिशतमा घट्न सक्छ।’

हाल शेयर लोनको सीमा व्यक्तिको हकमा १५ करोड रुपैयाँ र संस्थाको हकमा २० करोड रुपैयाँ रहेको छ भने ५० लाख रुपैयाँभन्दा माथिको शेयर लोनमा जोखिम भार १२५ प्रतिशत रहेको छ। ‘शेयर लोनको सीमा अहिलेको व्यवस्थामा केही बढ्न सक्छ’, ती अधिकारीले भने।

मौद्रिक नीतिमा अन्य उद्योगी–व्यवसायीले राखेका मागलाई सम्बोधन गर्ने गरी लचिलो व्यवस्था आउन सक्ने पनि ती अधिकारीले बताए। ‘उद्योगधन्दा सुस्त बनेको छ, कर्जाको माग बढ्न सकेको छैन’, ती अधिकारीले भने, ‘अर्थतन्त्र चलायमान बनाउन लचिलो नीति आउन सक्छ।’

ती अधिकारीका अनुसार मौद्रिक नीतिमार्फत लघुवित्त वित्तीय संस्थाहरुका लागि स्प्रेड दर निर्धारण हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

22%
sad

दु :खी

9%
amazed

अचम्मित

17%
excited

उत्साहित

35%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS