IME Life New

वैदेशिक रोजगारी बीमा बेच्न १३ जीवन बीमक सूचीकृत, प्रभू महालक्ष्मी एक्जिट हुँदा हिमालयनको इन्ट्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारी बीमालेख बिक्रीका लागि तीन लघु बीमा कम्पनीसहित १३ वटा जीवन बीमा कम्पनी वैदेशिक रोजगार विभागमा सुचीकृत भएका छन् । विभागले वैदेशिक रोजगारी बीमालेख बिक्री गर्न इच्छुक बीमकलाई चालू आर्थिक वर्षका लागि सम्झाैता गर्न आह्वान गरेकोमा कुल १३ वटा कम्पनी सूचीकृत भएका हुन्।

विभागका अनुसार गार्डियन माइक्रो लाइफ,लिबर्टी माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, हिमालयन लाइफ, सूर्य ज्योती लाइफ, सन नेपाल लाइफ, सिटीजन लाइफ, नेपाल लाइफ, आइएमइ लाइफ, नेशनल लाइफ र एशियन लाइफ इन्स्योरेन्स सूचीकृत भएका जीवन बीमा कम्पनी हुन्। गत आवमा वैदेशिक रोजगारी म्यादी बीमा बिक्री नगरेको हिमालयन लाइफ इन्स्योरेन्स यस वर्ष चाहिँ सूचीकृत भएको छ।

Esewa
Crest

सञ्चालनमा रहेकामध्ये अमेरिकी बीमकको शाखा मेट लाइफ(एलिको) , भारतीय संयुक्त लगानीको एलआइसी नेपाल र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले शुरूदेखि नै वैदेशिक रोजगार बीमालेख बिक्रीमा चासो राखेका छैनन् । गत आर्थिक वर्ष २०८०।८१ मा वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गरेको प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स यसवर्ष सूचीकृत भएको छैन ।

वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकका लागि म्यादी बीमा अनिवार्य गरिएपछि पछिल्लो समयमा अधिकांश जीवन बीमा कम्पनी यो व्यापारप्रति केन्द्रित हुन थालेका छन् । उच्च जोखिम र उच्च सञ्चालन खर्चका बावजुद पर्याप्त बचत हुने र तत्कालै मुनाफा वितरण गर्न संभव हुने भएपछि जीवन बीमकको उच्च प्राथिमकतामा परेको हो ।

विभागका अनुसार वैदेशिक रोजगार बीमालेखको बीमाशुल्क संकलनका लागि माछापुच्छ्रे बैंक सहित सात वटा कम्पनी सूचीकृत भएका छन् । अन्य कम्पनीहरूमा आइएमइ डिजिटल सल्युशन लिमिटेड, खल्ती प्रालि सिटी वालेट प्रालि इसेवा लिमिटेड, प्रभू टेक्नोलोजी प्रालि स्मार्ट कार्ड नेपाल प्रालि रहेका छन् ।

विभागले असार ३० गते सूचना जारी गर्दै सूचीकृत कम्पनीहरूलाई बीमालेख बिक्री र बीमाशुल्क संकलन सम्बन्धी सम्झाैता गर्न १५ दिनभित्र आवश्यक कागजात सहित सम्पर्क गर्न आह्वान गरेको छ। असार ३० गते १५ दिने सूचना जारी गरिएकाले साउन १४ गतेभित्रै सूचीकृत कम्पनीले विभागमा सम्पर्क राख्नुपर्ने भएको छ। तोकिएको समयावधिभित्र सम्झाैता गर्न चुकेमा सम्बन्धित कम्पनी चालू आर्थिक वर्ष भरका लागि बीमालेख सेवाबाट वञ्चित हुनुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS