IME Life New

कर्जाको ब्याजदर थप घट्यो, कुन-कुन बैंकबाट पाइन्छ सस्तैमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले उपलब्ध गराउने कर्जाको ब्याजदर साउनमा अझै सस्तिएको छ। अधिकांश वाणिज्य बैंकको साउनका लागि आधारदर घटेको छ। योसँगै कर्जाको ब्याजदर पनि घटेको हो।

सञ्चालनमा रहेका २० वटामध्ये प्रायः सबैको आधार दर घटेको छ। साउनमा वाणिज्य बैंकहरुको औसत आधारदर घटेर ८.१२ प्रतिशतमा झरेको छ। असारमा औसत आधारदर ८.३३ प्रतिशत थियो।

Esewa
Crest

बैंकहरुले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर लिँदै आएका छन्। तर, पछिल्लो समय कर्जाको माग बढ्न नसक्दा बैंकहरुले कर्जाको न्यून प्रिमियम जोडेर ब्याजदर तोक्दै आएका छन्। बैंकहरुले अहिले अधिकांश कर्जामा अधिकतममा २ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गरिरहेका छन्।

प्राप्त तथ्यांकअनुसार सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंकको स्ट्यान्डर्ड चार्टर्ड बैकको देखिएको छ। यो बैंकको आधारदर ६.१३ रहेको छ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ७.०१ प्रतिशत, एभरेष्ट बैंकको ७.५३ प्रतिशत आधार दर रहेको छ। प्रायः सबै बैंकको आधारदर ९ प्रतिशतभन्दा तल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS